लक्षित स्थलगत निरीक्षण भनेको के हो ?

बैंक तथा वित्तीय संस्थाको पछिल्लो समष्टिगत स्थलगत निरीक्षणबाट तयार भएको जोखिम विवरण (Risk Profile) का आधारमा आवश्यक देखिएका वा विभागले मनासिब ठानेको कुनै विशेष क्षेत्र वा कारोबारको मात्र परिक्षण गर्दै आवश्यक निर्देशन तथा सुझाव समेट्ने उद्देश्यका साथ स्थलगत टोली खर्टाई गरिने निरीक्षण कार्यलाई लक्षित स्थलगत निरीक्षण भनिन्छ ।