विदेशबाट SWIFT मार्फत नेपालमा कुनै बैंक वा वित्तीय संस्थामा रहेको खातामा पैसा पठाउँदा नेपाल राष्ट्र बैकको कुन खातामा पठाउनुपर्छ ?

नेपाल राष्ट्र बैंकमा सरकारी निकायहरूको खाता मात्र खोल्न सकिने भएकोले कुनै व्यक्तिको खातामा रकम जम्मा गर्न यस बैंकमा रहेको खातामा पठाउन मिल्दैन । जुन व्यक्तिको नाममा रकम जम्मा गर्नुपर्ने हो, सो व्यक्तिको खाता रहेको बैंक वा वित्तीय संस्थाको SWIFT कोडमा उक्त व्यक्तिको खातामा जम्मा हुने गरी रकम पठाउन सकिन्छ ।