विदेशमा रहेका नेपाली नागरिकले कुनकुन अवस्थामा विदेशमा बैंक खाता खोल्न सक्छन् ?

विदेशमा रहँदा बस्दाको अवधिसम्म आर्जन गरेको विदेशी विनिमय वा सो विदेशी विनिमयबाट गरेको लगानी नेपाल फर्किसकेपछि ३५ दिनभित्र स्वदेश फर्काउने गरी नेपाली नागरिकले विदेशी बैंकमा खाता खोल्न/सञ्चालन गर्न सक्छन् ।
यस्तो खाता वा लगानी विदेशमा कायमै राख्न चाहेमा सो खाता वा लगानी रहेको बैंकको नाम, ठेगाना, खाता नम्बर, विदेशी मुद्रा तथा रकम खुलाई सोको जानकारी नेपाल फर्केको ३५ दिनभित्र नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभागलाई दिनुपर्नेछ ।