विदेशी लगानी तथा वैदेशिक ऋणको लेखाङ्कन भनेको के हो ? के लगानी तथा ऋणको लेखाङ्कन अनिवार्य छ ?

विदेशी लगानी तथा वैदेशिक ऋण बापतको विदेशी मुद्रा नेपाल भित्र्याए पश्चात् उक्त रकमको नेपाल राष्ट्र बैंकमा अभिलेख गराउने कार्यलाई लेखाङ्कन भनिन्छ । लेखाङ्कन नभएको विदेशी लगानी तथा वैदेशिक ऋण बापत आर्जित रकम फिर्ता लैजान तथा विदेशी लगानीकर्ताको नाममा कायम रहेको शेयर खरिद बिक्री गर्न विदेशी लगानी तथा वैदेशिक ऋणको लेखाङ्कन अनिवार्य रहेको छ ।