विस्तृत मुद्राप्रदाय (M2) भनेको के हो ?

विस्तृत मुद्राप्रदाय (M2) भनेको सङ्कुचित मुद्राप्रदाय (M1), बचत निक्षेप, कल निक्षेप, मुद्दती निक्षेप र मार्जिन निक्षेपको योगफल हो । यसै गरी, खुद वैदेशिक सम्पत्ति र खुद आन्तरिक सम्पत्तिको योगफलबाट पनि विस्तृत मुद्राप्रदाय प्राप्त गर्न सकिन्छ ।