साधारण पुनरकर्जाका लागि कस्ता कर्जाहरू योग्य मानिन्छन् ?

जलविद्युत परियोजना, कृषि क्षेत्र, पशुपन्छी तथा मत्स्यपालन व्यवसाय, विदेशमा रोजगारी वा अध्ययन गरी फर्केका युवाहरूले सञ्चालन गरेका उद्योग, व्यवसाय, उत्पादनमूलक उद्योग, पर्यटन उद्योग लगायतका पुनरकर्जा सम्बन्धी कार्यविधि, २०७७ मा तोकिए बमोजिमका कर्जाहरू साधारण पुनरकर्जाका लागि योग्य मानिन्छन् ।