स्थायी तरलता सुविधा भनेको के हो ?

बैंक तथा वित्तीय संस्थाको अनुरोधमा तरलता व्यवस्थापनका लागि सरकारी ऋणपत्रको धितोमा नेपाल राष्ट्र बैंकबाट निर्धारित अवधिसम्मका लागि प्रदान गरिने तरलता सुविधा नै स्थायी तरलता सुविधा (Standing Liquidity Facility) हो । हाल स्थायी तरलता सुविधालाई बैंकदरमा प्रदान गर्ने व्यवस्था कायम गरिएको छ ।