हालसालै सञ्चालनमा आएका कम्पनीले पुनरकर्जा पाउने व्यवस्था छ/छैन ?

ग्राहक ऋणीको विश्लेषण गरी प्रदान गरिने पुनरकर्जाको लागि ३ वर्षको वित्तीय विवरण अनिवार्य रहेकाले सो प्रक्रियामार्फत हालसालै सञ्चालनमा आएका कम्पनीले पुनरकर्जा पाउने व्यवस्था छैन । तर, बैंकले विशेष परिस्थिति अनुसार हालसालै सञ्चालनमा आएका कम्पनीलाई लक्षित गरी पुनरकर्जाको लागि आवेदन आहृवान गरेमा त्यस्ता कम्पनीले पुनरकर्जा प्राप्त गर्न सक्नेछन् ।