हाल सञ्चालनमा रहेका भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाहरू कुन-कुन हुन् ?

बैंक तथा वित्तीय संस्थाबाहेक हाल यस बैंकबाट आठ वटा भुक्तानी प्रणाली सञ्चालक र १९ वटा भुक्तानी सेवा प्रदायक गरी जम्मा २७ वटा संस्थाले अनुमतिपत्र प्राप्त गरी भुक्तानीसम्बन्धी कार्य गर्दै आइरहेका छन् । यस बैंकबाट अनुमतिपत्र प्राप्त गरी सञ्चालनमा रहेका संस्थाहरूको अद्यावधिक सूची यस विभागको वेबसाइटमा राखिएको छ । (https://www.nrb.org.np/category/licensed-institutions/?department=psd)