हाल सञ्चालनमा रहेका भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाहरू कुनकुन हुन् ? बैंक तथा वित्तीय संस्थाले भुक्तानीसम्बन्धी कार्य गर्ने सक्दछन्/सक्दैनन् ?

बैंक तथा वित्तीय संस्थाबाहेक हाल यस बैंकबाट १० वटा भुक्तानी प्रणाली सञ्चालक र २७ वटा भुक्तानी सेवा प्रदायक गरी जम्मा ३७ वटा संस्थाले अनुमतिपत्र प्राप्त गरी भुक्तानीसम्बन्धी कार्य गर्दै आइरहेका छन् । यस बैंकबाट अनुमतिपत्र प्राप्त गरी सञ्चालनमा रहेका संस्थाहरूको अद्यावधिक सूची यस विभागको वेबसाइटमा राखिएको छ । यस बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूले अनुमति लिई भुक्तानीसम्बन्धी कार्य गर्न सक्दछन् ।