RTGS प्रणालीबाट कारोबार गर्दा हुने फाइदाहरु के के हुन् ?

RTGS प्रणालीवाट कारोबार गर्दा सेटलमेन्ट जोखिम न्यूनीकरण हुने, कारोबारको विवरण RTGS प्रणालीमा तत्काल देखिने, सुरक्षित र विश्वसनीय हुने र कारोबारको भुक्तानी तत्कालै हुने भएकोले आर्थिक गतिविधिमा तीव्रता आउँछ ।