RTGS प्रणालीबाट कुन-कुन मुद्राको र कति रकमसम्मको कारोबार गर्न सकिन्छ ?

यस प्रणालीबाट कारोबार गर्न सकिने मुद्राहरूमा नेपाली रूपैयाँ (NPR), अमेरिकी डलर (USD), यूरो (EUR), ब्रिटिश पाउन्ड (GBP) र जापानी येन (JPY) रहेका छन् । नेपाली रूपैयाँ र जापानी येनको हकमा यस प्रणालीमार्फत २ लाख वा सोभन्दा बढी जतिसुकै रकमको भुक्तानी गर्न सकिन्छ भने अमेरिकी डलर, यूरो र ब्रिटिश पाउन्डको हकमा २ हजार भन्दा बढी रकमको कारोबार यस प्रणालीमार्फत गर्न सकिन्छ ।