लघु, घरेलु, साना तथा मझौला व्यवसाय गर्नको लागि कति ब्याजदरमा कर्जा पाइन्छ ?

रु. १ करोड सम्मको कर्जा लिई कृषि, हस्तकला तथा सीपमूलक व्यावसाय एवम् अन्य उद्यम व्यवसाय गर्न चाहेमा आयात सम्बन्धी व्यावसाय वाहेकका व्यवसायको लागि बैंक तथा वित्तीय संस्थाको आधार दरमा २ प्रतिशतसम्ममात्र प्रिमियम थप गरी कायम हुने ब्याजदरमा कर्जा लिन पाइन्छ ।