ब्याजदर घटाउँदा यसै व्यवस्था बमोजिम गर्न आवश्यक छ वा छैन ?

ब्याजदर घटाउँदा पनि यसै व्यवस्था बमोजिम अघिल्लो महिनाको औसतमा बढीमा १० प्रतिशतलेमात्र परिवर्तन गर्न पाइन्छ । यदि ब्याजदर घटाउने भएमा प्रश्न नं. १ मा दिइएको उदाहरण अनुसार अधिकतम औसत ८.५ प्रतिशतमा दश प्रतिशत कम गरी कायम हुने ७.६५ प्रतिशत सम्म मात्र ‘क’ वर्गका बैंकले अधिकतम ब्याजदर निर्धारण गर्न सक्नेछन् । यसैगरी यदि अघिल्लो महिना न्यूनतम ब्याजदरको औसत ५.५ प्रतिशत भएमा बढीमा १० प्रतिशतलेमात्र कम गरी कायम हुने ४.९५ प्रतिशत सम्म मात्र ‘क’ वर्गका बैंकले न्यूनतम ब्याजदर निर्धारण गर्न सक्नेछन् ।