यदि अधिकतम र न्यूनतम ब्याजदर बृद्धि गर्दा ब्याजदर बीचको अन्तर पाँच प्रतिशतको सीमा भन्दा बढी भएमा दरहरु समायोजन गर्न आवश्यक पर्दछ ?

यदि अधिकतम र न्यूनतम ब्याजदर बृद्धि गर्दा ब्याजदर बीचको अन्तर पाँच प्रतिशतको सीमा भन्दा बढी भएमा दरहरु अनिवार्य रुपमा समायोजन गर्नु पर्दछ ।

प्रश्न नं. १ को उदाहरणमा यदि अघिल्लो महिना ‘क’ वर्गका सबै बैंकले प्रकाशन गरेका न्यूनतम ब्याजदरको औसत ३.५ प्रतिशत भएमा सोमा दश प्रतिशत बृद्धि गरी कायम हुने ३.८५ प्रतिशत सम्म मात्र ‘क’ वर्गका बैंकले न्यूनतम ब्याजदर निर्धारण गर्न सक्नेछन् । तर, यस अवस्थामा अधिकतम ब्याजदर ९.३५ र न्यूनतम ब्याजदर ३.८५ बीचको अन्तर ५.५ कायम हुने देखिएकोले ब्याजदर अनिवार्य रुपमा समायोजन गर्नु पर्दछ ।