यदि अधिकतम र न्यूनतम ब्याजदर बृद्धि गर्दा ब्याजदर बीचको अन्तर पाँच प्रतिशतको सीमा भन्दा बढी भएमा दरहरु कसरी समायोजन गर्न सकिन्छ ?

माथीको उदाहरण अनुसार अधिकतम ब्याजदर ९.३५ प्रतिशत र न्यूनतम ब्याजदर ३..८५ प्रतिशत बीचको अन्तर ५.५ प्रतिशत कायम हुने देखिएकोले ब्याजदर अनिवार्य समायोजन गर्नु पर्ने हुन्छ । यस्तो अवस्थामा इजाजतपत्र प्राप्त संस्थाले अधिकतम वा न्यूनतम ब्याजदर लाई आधार लिनु पर्ने हुन्छ । यदि अधिकतम ब्याजदर ९.३५ प्रतिशत लाई आधार लिने हो भने ब्याजदर बीचको अन्तर ५ प्रतिशत कायम गर्न सो बैंकको न्यूनतम ब्याज बढीमा ४.३५ प्रतिशत मात्र कायम गरी अधिकतम र न्यूनतम बीचका अन्य दरहरु समायोजन गर्नु पर्दछ । यदि न्यूनतम ब्याजदर ३.८५ लाई आधार लिने हो भने सो बैंकको अधिकतम ब्याजदर ८.८५ प्रतिशत निर्धारण गरी ब्याजदर बीचको अन्तर ५ प्रतिशत कायम गरी अन्य दरहरु समायोजन गर्नु पर्दछ ।