विद्युतीय भुक्तानी कारोबार गर्दा के-कस्ता सजगता अपनाउनुपर्दछ ?

प्रयोगकर्ताहरूले कुनै पनि माध्यमबाट आफ्नो गोप्य Password, One Time Password (OTP) वा संवेदनशील विवरण (जस्तै; खाता नम्बर, जन्म मिति, नागरिकता वा राहदानी नम्बर आदि) अन्य व्यक्तिलाई उपलब्ध गराउनुहुँदैन, आफूले राखेको पासवर्डहरू बेलाबेलामा परिवर्तन गर्नुपर्दछ र यस्ता पासवर्डहरू गोप्य तरिकाले सुरक्षित राख्नुपर्दछ । भुक्तानीका लागि प्रयोग गरिने कार्ड, मोबाइल जस्ता उपकरण चोरी भएमा वा हराएमा सम्बन्धित सेवा प्रदायकलाई तत्काल जानकारी गराई सेवा बन्द (Block) गर्नुपर्दछ । यस सम्बन्धमा थप जानकारी यस बैंकको वेबसाइट https://www.nrb.org.np/contents/uploads/2022/02/Notices_PSD.pdf मा उपलब्ध छ ।