विद्युतीय वालेट (Wallet) भनेको के हो ?

विद्युतीय वालेट भनेको नेपाल राष्ट्र बैंकबाट स्वीकृतिप्राप्त भुक्तानी सेवा प्रदायकले आफ्ना ग्राहकको नाममा जारी गर्ने विद्युतीय खाता हो । वालेट प्रयोगकर्ताले तोकिएका बैंक तथा वित्तीय संस्था अथवा एजेन्टबाट वालेटमा रकम जम्मा गरी वस्तु तथा सेवा खरिदबापत रकम भुक्तानी गर्न सक्छन् ।