विद्युत्तीय कार्डको माध्यमबाट कति रकम सम्मको भुक्तानी कारोबार गर्न सकिन्छ ?

विद्युतीय कार्डको प्रयोग गरी नगद झिक्ने अधिकतम सीमा देहायबमोजिम तोकिएको छः

जारी गर्ने संस्था उपकरण प्रतिकारोबार (रु.) प्रतिदिन (रु.) प्रतिमहिना (रु.)
बैंक तथा वित्तीय संस्थाहरु प्रिपेड कार्ड १० हजार २० हजार २ लाख
डेबिट कार्ड २५ हजार १ लाख ४ लाख
क्रेडिट कार्ड स्वीकृत सीमाको १० प्रतिशतसम्म
बैंक तथा वित्तीय संस्थाबाहेकका सेवा प्रदायक संस्थाहरु प्रिपेड कार्ड 5 हजार २५ हजार

ग्राहकले वस्तु तथा सेवा खरिद गर्ने क्रममा बिलबमोजिमको रकम कार्डमार्फत सम्बन्धित व्यावसायिक फर्मको खातामा भुक्तानी गर्न सक्नेछन् ।