उपभोक्ता मुद्रास्फीतिलाई कसरी मापन गरिन्छ ?

नेपालमा उपभोक्ता मूल्य सूचकाङ्क गणना गर्न पाँचौँ बजेट सर्वेक्षणको आधारमा पहिचान गरिएका ४९६ वटा वस्तु तथा सेवाहरू समावेश गरी वस्तु तथा सेवाको डालो (CPI basket) निर्धारण गरिएको छ । देशभरिका ६० वटा बजार केन्द्रबाट यी वस्तु तथा सेवाको साप्ताहिक, मासिक र त्रैमासिक रुपमा मूल्य सङ्कलन गरी उपभोक्ता मूल्य सूचकाङ्क तयार गर्ने गरिन्छ । यसरी प्राप्त उपभोक्ता मूल्य सूचकाङ्कमा आएको वार्षिक बिन्दुगत परिवर्तनको दरलाई नै मुद्रास्फीति भन्ने गरिन्छ ।