उपभोक्ता मूल्य सूचकाङ्क गणना गर्दा कस्ता कस्ता वस्तुहरूलाई समावेश गरिएको हुन्छ ?

पाँचौँ बजेट सर्वेक्षणको आधारमा नेपालका घर परिवारले अधिकतम उपभोग गर्ने ४९६ वटा वस्तु तथा सेवाको पहिचान गरिएको छ । आर्थिक वर्ष २०७१-७२ लाई आधार वर्षको रूपमा मानी ती वस्तु तथा सेवाको नियमित मूल्य सङ्कलन गरी उपभोक्ता मूल्य सूचकाङ्क तयार गर्ने गरिन्छ ।  छानिएका वस्तु तथा सेवालाई खाद्य तथा पेय पदार्थ र गैरखाद्य तथा सेवा समूह गरी दुई वटा समूहमा विभाजन गरिएको छ । खाद्य तथा पेय पदार्थको भाराङ्क ४३.९१ प्रतिशत रहेको छ भने यसअन्तर्गत १३ उपसमूहहरू रहेका छन् । यसै गरी, गैरखाद्य तथा सेवा समूहको भाराङ्क ५६.०९ प्रतिशत र नौ उपसमूह रहेका छन् ।