ओभरनाइट तरलता सुविधाको ब्याज तथा हर्जाना सम्बन्धी कस्तो व्यवस्था रहेको छ ?

यदी बैंक तथा वित्तीय संस्थाहले लिएको दैनिक तरलता सुविधा सोही कार्यदिनमा चुक्ता नभएमा बाँकी रहेको रकमलार्इ ओभरनाइट तरलता सुविधाको रुपमा परिवर्तन गरी उक्त सुविधामा बैंक दरमा ब्याज गणाना गरिनेछ । यदि कायम रहेको ओभरनाइट तरलता सुविधाको रकम चुक्ता नगरी संस्थालार्इ थप सुविधा चाहिएको खण्डमा अघिल्लो कार्यदिनको ओभरनाइट तरलता सुविधामा थप एक प्रतिशत  र उक्त कार्यदिनको ओभरनाइट तरलता सुविधामा बैंक दरमा ब्याज गणाना गरी सुविधा उपलब्ध गराइनेछ ।