ओभरनाइट तरलता सुविधा (Overnight Liquidity Facility) भन्नाले के बुझिन्छ ?

ओभरनाइट तरलता सुविधा भन्नाले संस्थाले उपयोग गरेको दैनिक तरलता सुविधामध्ये सोही दिनको तोकिएको समय सीमाभित्र राफसाफ हुन बाँकी रहेको रकम तोकिएको ब्याजदरमा ओभरनाइट अवधिका लागि यस बैंकबाट उपलब्ध गराइएको सुविधालाई सम्झनुपर्दछ ।