दैनिक तरलता सुविधा र ओभरनाइट तरलता सुविधाको सीमासम्बन्धी कस्तो व्यवस्था रहेको छ ?
नेपाल राष्ट्र बैंक खुला बजार कारोबार विनियमावली, २०७८ (छैटौँ संशोधन, २०८३) को विनियम २६ बमोजिमका सुरक्षणपत्र यस बैंकको मौद्रिक व्यवस्थापन विभागमा धितो राखी सोको अधिकतम ९० प्रतिशतसम्म दैनिक तरलता सुविधाको सीमा कायम गरिनेछ । तर, दैनिक तरलता सुविधा सीमासम्मको रकम ओभरनाइट तरलता सुविधाबापत प्रयोग गर्न सकिनेछ ।