दैनिक तरलता सुविधा (Intraday Liquidity Facility) भन्नाले के बुझिन्छ ?

नेपाल राष्ट्र बैंकबाट सञ्चालन भएको Real Time Gross Settlement (RTGS) द्वारा कारोबार फछ्र्यौट हुने क्रममा RTGS Settlement Account मा मौज्दात अपुग भई तत्काल भुक्तानी हुन नसक्ने अवस्था आएमा सदस्य बैंक तथा वित्तीय संस्थालाई तत्काल आवश्यक पर्ने तरलता रकम नेपाल राष्ट्र बैंकले उपलब्ध गराउने गर्दछ, यसरी नेपाल राष्ट्र बैंकले बैक तथा वित्तीय संस्थालार्इ प्रदान गर्ने सुविधालार्इ दैनिक तरलता सुविधा भनिन्छ ।