मूल्य स्थिरता कायम गर्न नेपाल राष्ट्र बैकको के भूमिका हुन्छ ?

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ४ मा उल्लेख भएका नेपाल राष्ट्र बैंकको उद्देश्यहरूमा मूल्य स्थिरता कायम गर्नु पनि एक हो । अर्थतन्त्रमा माग पक्षबाट सिर्जित मुद्रास्फीति नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ब्याजदर, कर्जाको उपलब्धता, मुद्राको आपूर्तिलगायत मौद्रिक चरहरूको उचित व्यवस्थापनमार्फत मूल्य स्थिरता कायम गर्न भूमिका खेल्छ ।