मूल्य स्थिरता (Price Stability) भन्नाले के बुझिन्छ ? यसको महत्व के छ ?

मूल्य स्थिरता भन्नाले न्यून र स्थिर दरको मुद्रास्फीति भन्ने बुझिन्छ । मूल्य स्थिरताले मुद्राको क्रयशक्तिलाई जोगाइराख्न मद्दत गर्दछ । यस्तो वातावरणमा आम सर्वसाधारण र व्यवसायीलाई खर्च र लगानीसम्बन्धी योजना बनाउन तथा निर्णय गर्न सहज हुन्छ । मूल्य स्थिरता कायम राख्दा अर्थतन्त्रमा लगानी एवम् रोजगारीमा प्रवद्र्धन हुन गई दिगो आर्थिक वृद्धि हासिल गर्न तथा समष्टिगत आर्थिक स्थिरता कायम गर्नसमेत मद्दत पुग्छ ।