इ.प्रा. निर्देशन नं. २/०७९ को बुँदा नं ८ को उपबुँदा (५) मा उल्लेख भएको पुनरतालिकीकरण र/वा पुनरसंरचनासम्बन्धी व्यवस्थामा उल्लेखित “निर्माण क्षेत्रसँग सम्बन्धित कर्जा” मा के कस्ता कर्जा पर्दछन् ?

निर्माण क्षेत्रसँग सम्बन्धित कर्जामा नेपाल राष्ट्र बैंकबाट “क”, “ख” र “ग” वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ को ने.रा.बैंक निर्देशन फा.नं.९.३ को क्र.सं.६ मा उल्लेखित निर्माण क्षेत्र पर्दछन् । साथै यस प्रयोजनका लागि निर्माणसँग प्रत्यक्ष रुपमा सम्बन्धित सिमेन्ट, डण्डी, ईँटा/ब्लक, पाईपस् एण्ड फिटिङ्कस् लगायतका उद्योगमा प्रवाहित कर्र्जा समेत निर्माण क्षेत्रसँग सम्बन्धित कर्जामा पर्दछन् ।