क्रिप्टोकरेन्सीमा गरेको लगानी किन जोखिमपूर्ण हुन्छ ?

क्रिप्टोकरेन्सीलाई मुद्रा भन्ने गरिए तापनि यो कुनै सार्वभौम मुलुकले जमानत/सुरक्षण राखी जारी गरेको मुद्रा होइन । यसलाई निजी क्षेत्रका कुनै निश्चित व्यक्ति/समूहले जारी गर्ने हुँदा यसमा गरिएको लगानीको कुनै प्रत्याभूति हुँदैन । तसर्थ, यसमा गरिएको लगानी जोखिमपूर्ण हुन्छ ।