क्रिप्टोकरेन्सीमा लगानी गरेका लगानीकर्ताहरुले कसरी उच्च प्रतिफल प्राप्त गरेका छन् ?

क्रिप्टोकरेन्सी आफैले कुनै निहित उपयोगिता प्रदान नगर्ने हुँदा यसको मूल्य र सोको लगानीबाट प्राप्त हुने प्रतिफल विशुद्ध रूपले बजारको माग र आपूर्तिको आधारमा मात्र निर्धारण हुन्छ । कतिपय कारोबारहरु जस्तैः जुवा, तास, चिठ्ठा, बाजी आदिबाट समेत कहिलेकाहीँ प्रतिफल प्राप्त हुने गर्दछ, तर त्यस्तो कारोबार/लगानी सट्टेबाजी प्रकृतिको हुने भएकाले अत्यधिक जोखिम हुन्छ र लगानी रकम नै डुब्न सक्छ । यद्यपि, क्रिप्टोकरेन्सी कारोबारबाट आकर्षक प्रतिफल प्राप्त हुने भन्दै एकतर्फी रूपमा अफवाह फैलाउने व्यक्ति/समूह सक्रिय रहेकोसमेत हुन सक्छ । पछिल्लो समयमा FTX जस्तो क्रिप्टोकरेन्सीको दोस्रो ठूलो Exchange टाट पल्टनु तथा TerraUSD र LUNA को पतनले समेत क्रिप्टोकरेन्सीको लगानी जोखिमपूर्ण हुने स्पष्ट रूपमा देखाउँछ ।