क्रिप्टोकरेन्सीमा लगानी गरेका नेपाल बाहिर बस्ने नेपालीहरुलाई कसरी कारबाही हुन्छ ?

आफ्नो देशको कानुनको पालना गर्नु नै असल नागरिकको कर्तव्य हो । कतिपय कानुनी व्यवस्थाहरु पालना सरकारबाटै गराउने सम्बन्धमा देशका केही सीमा भने हुन सक्छन् । जस्तैः देशका सम्पूर्ण नागरिक आपराधिक क्रियाकलापमा संलग्न हुने हो भने सम्पूर्ण नागरिकलाई सजाय दिलाउनेलगायत कारागारमा राख्ने विषय जुनसुकै देशलाई असम्भवप्राय हुन सक्छ । यद्यपि, क्रिप्टोकरेन्सीको प्रतिबन्ध बर्खिलाप हुने कार्यमा सहभागी भई विदेशमा बस्ने नेपालीलाई समेत नेपाल पक्ष रहेका विभिन्न द्विपक्षीय तथा बहुपक्षीय अन्तर्राष्ट्रिय सन्धी सम्झौतामार्फत उपयुक्त कानुनी दायरामा ल्याउन सकिन्छ ।