क्रिप्टोकरेन्सी कसरी प्राप्त गर्न सकिन्छ ?

क्रिप्टोकरेन्सीलाई मुख्यतः Mining र खरिद गरी प्राप्त गर्न सकिन्छ । Mining भन्नाले कुनै क्रिप्टोकरेन्सीको नेटवर्कमा कारोबारहरुको हिसाबकिताब राख्ने कार्यलाई जनाउँछ । तसर्थ, Mining लाई Validation समेत भनिन्छ । क्रिप्टोकरेन्सीका Users बीच क्रिप्टोकरेन्सी खरिद/बिक्री कारोबार हुँदा त्यस्तो कारोबार वास्तविक कारोबार हो भनी Validation गर्न Validators/Miners बीच प्रतिस्पर्धा हुने गर्दछ र सो कार्यमा सफलता प्राप्त गर्ने Validator/Miner लाई पारिश्रमिक स्वरूप क्रिप्टोकरेन्सी प्रदान गर्ने गरिन्छ ।
क्रिप्टोकरेन्सी प्राप्त गर्ने अर्को प्रमुख माध्यम भनेको अन्य पक्षसँग भएको क्रिप्टोकरेन्सीलाई खरिद गर्ने हो । त्यस्तो खरिद–बिक्री गर्ने कार्य क्रिप्टोकरेन्सी Exchange मार्फत समेत हुने गर्दछ ।