क्रिप्टोकरेन्सी र Central Bank Digital Currency मा के फरक छ ?

क्रिप्टोकरेन्सी र Central Bank Digital Currency (CBDC) मा मुख्यतः कसले त्यस्तो मुद्रा जारी गरेको हो भन्ने विषय नै फरक रहेको छ । क्रिप्टोकरेन्सी निजी क्षेत्रले जारी गरेको हुन्छ भने CBDC मुद्रा निष्कासन गर्न अधिकारप्राप्त निकायले जारी गरेको हुन्छ । क्रिप्टोकरेन्सीमा कुनै पनि जमानत/सुरक्षण/प्रत्याभूति हुँदैन भने CBDC मा मुद्रा निष्कासन गर्ने अधिकारीले नियमानुसार सुरक्षण राखेको हुन्छ र सार्वभौम मुलुकले जमानत/प्रत्याभूति समेत प्रदान गरेको हुन्छ ।