चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ लागु भएको मिति २०७९/०७/०१ पूर्व प्रवाह भएका चालू पुँजी कर्जाहरुले उक्त मार्गदर्शन बमोजिमको व्यवस्थाहरु पुरा नगरेमा के हुन्छ ?

मार्गदर्शन लागु हुनुपूर्व प्रवाह भएका कर्जाहरुको हकमा त्यस्तो कर्जा पुनरावलोकन गर्दा वा नवीकरण गर्दा अनिवार्य रुपमा मार्गदर्शन अनुसार हुने गरी आवश्यक समायोजन गर्नुपर्छ ।
यसरी समायोजन गर्दा उल्लेखित सीमाभन्दा बढी प्रवाह भएको कर्जालाई २०८२ असार मसान्तभित्र क्रमिक रुपमा चुक्ता गर्दै जानुपर्छ ।