चालू पुँजी कर्जा भनेको के हो र कसले लिन मिल्छ ?

कुनै पनि संस्था/फर्म/कम्पनीको चालू सम्पत्ति र चालू दायित्वमा हुने अन्तरलाई व्यवस्थापन गर्न बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जालाई चालूपुँजी कर्जा भनिन्छ । यस प्रकारको कर्जा लिन संस्था/फर्म/कम्पनीहरु मात्र योग्य हुन्छन् । कुनै प्राकृतिक व्यक्तिले यसप्रकारको कर्जा लिन पाउँदैनन् ।