त्रयमासको अन्तिम महिना (असोज, पुस, चैत्र, असार) मा चालूपुँजी कर्जा लिनै पाइदैन ?

त्रयमासको अन्तिम महिना (असोज, पुस, चैत्र, असार) मा पुराना ऋणीहरुको लागि सीमा बृद्धि गर्न रोक लगाइएको हो । सो महिनाहरुमा कर्जा नवीकरण गर्न तथा स्वीकृत सीमा भित्रको कर्जा प्रवाह गर्न भने रोक लगाइएको छैन तर आवश्यक परेको खण्डमा सो महिनामा कर्जा सीमा स्वीकृत/बृद्धि गरी आगामी महिनामा कर्जा प्रवाह गर्न भने सकिन्छ । नयाँ ऋणीको लागि उक्त प्रतिबन्ध लागु हुँदैन ।