नेपालमा जलविद्युतको उच्च सम्भावना रहेको तथा Mining गर्दा अत्यधिक ऊर्जा खपत हुने हुँदा सर्वसाधारण नेपालीलाई Mining सम्बन्धी कार्य गरी आय आर्जन गर्ने अवसरबाट बञ्चित गरिनुको कारण के हो ?

Mining गर्ने कार्यमा प्रतिस्पर्धा हुने र सफल हुने Miner ले मात्र पारिश्रमिकस्वरूप क्रिप्टोकरेन्सी प्राप्त गर्दछ ।
नेपालमा जलविद्युतको राम्रो सम्भावना भए तापनि Mining बाट प्रतिफल प्राप्त हुने तथा आय आर्जन हुने भन्ने विषयलाई विभिन्न तत्वहरुले असर गर्छ, जसमध्ये ऊर्जा पनि एक हो । Mining कार्यबाट प्रतिफल निर्धारण हुने तत्वहरुमा सो समयमा सहभागी रहेका तथा भविष्यमा सहभागी हुने Miner हरुको संख्या, Mining मा प्रयोग हुने कम्प्युटरको क्षमता (Hash Rate), सफल Mining हुँदा प्राप्त हुने Cryptocurrency को परिमाण (Block Reward – Halving), ऊर्जाको खपत, ऊर्जाको मूल्य, समूह अथवा Pool मार्फत् Mining गरिएको हो भने त्यस्तो Pooling कार्यमा लाग्ने खर्च, सफल Mining गरी प्राप्त भएको Cryptocurrency को बजार मूल्य आदि पर्दछन् । कुनै वस्तु उत्पादन गर्दा विभिन्न लागत भए जस्तै ऊर्जा Mining कार्यको एउटा लागत पक्ष हो । वस्तु उत्पादन पश्चात् उद्यमीले बिक्री मूल्यबाट खर्च कटाएर नाफा बचाए जस्तै Miner ले प्राप्त गर्ने पारिश्रमिकको मूल्यसमेत विभिन्न तत्वहरुमा निर्भर रहन्छ । नेपालमा श्रम, ऊर्जालगायत केही औद्योगिक कच्चा पदार्थको उपलब्धता तथा मूल्यमा तुलनात्मक लाभ भए तापनि नेपाल विश्व उत्पादनको केन्द्र बन्न नसक्नुमा सोबाहेक अन्य विभिन्न तत्वहरुले समेत असर गरे जस्तै नेपालमा जलविद्युत सम्भावनाको एकल आधारमा मात्र सर्वसाधारण नेपालीहरु Cryptocurrency को Mining कार्यमा सहभागी भई आय आर्जन हुन्छ नै भन्ने सुनिश्चितता हुँदैन ।
साथै, नेपालमा कुनै वस्तु उपभोग तथा प्रयोग गर्न प्रतिबन्ध गरेर त्यस्तो वस्तु नेपालमा उत्पादन गरी विश्व बजारमा आपूर्ति गर्ने कार्यसमेत विद्यमान विश्व व्यापारसम्बन्धी मर्म तथा नैतिकताको सवालमा समेत मनासिब हुने देखिँदैन ।