नेपालीहरुलाई आकर्षक लगानीको प्रतिफल दिने लगानीको उपकरणबाट किन बञ्चित गरिएको हो ?

क्रिप्टोकरेन्सीमा गरेको लगानी सट्टेबाजी प्रकृतिको लगानी भएको हुँदा सोबाट प्रतिफल प्राप्त हुन पनि सक्छ वा प्रतिफल प्राप्त नभई आफ्नो सम्पूर्ण लगानी रकम (मूलधन) नै डुब्न पनि सक्छ । विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ विद्यमान रहेको हुँदा क्रिप्टोकरेन्सीको हकमा मात्र नभई कुनै पनि प्रकारबाट विदेशमा लगानी गर्न जस्तैः विदेशमा घर जग्गा खरिद गर्न, विदेशी धितोपत्र खरिद गर्न, विदेशी कम्पनीको स्वामित्व ग्रहण गर्न, विदेशी बैंकमा खाता खोल्न आदिसमेत प्रतिबन्धित रहेका छन् ।