नेपाल सरकारले आकस्मिक रुपमा सार्वजनिक बिदा घोषणा गरी त्यस्तो बिदाको दिन अत्यावश्यक सेवाको रूपमा बैंकिङ सेवा सञ्चालन गर्ने निर्णय गरेको अवस्थामा सो दिनमा कुन-कुन बैंकिङ सेवाहरु प्रवाह गरिन्छ ?

नेपाल सरकारद्वारा आकस्मिक वा विशेष बिदा घोषणा गरी  सरकारले नै बैकिङ सेवा सुचारु राख्ने निर्णय गरेका बिदाका दिनमा नगद भुक्तानी, ECC/IPS, सार्वजनिक ऋण व्यवस्थापन र RTGS लगायतका अत्यावश्यक बैंकिङ सेवाहरु तोकिएअनुसारको समयमा प्रदान गर्न सकिनेछ ।