मनिचेञ्जरको इजाजतपत्र लिन कहाँ निवेदन पेस गर्नुपर्दछ ?

मनिचेञ्जरको इजाजतपत्रको लागि आफूलाई पायक पर्ने नेपाल राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा विदेशी विनिमय व्यवस्थापन विभागमा निवेदन पेस गर्न सकिन्छ । तर, हाललाई अन्तर्राष्ट्रिय विमानस्थलबाहेकका स्थानमा मनिचेञ्जरको नयाँ इजाजतपत्र प्रदान गर्नेसम्बन्धी कार्य बन्द रहेको छ ।