विदेशबाट नेपालमा राजस्व कसरी बुझाउन सकिन्छ ?

गैरबासिन्दा व्यक्तिले नेपालका उपभोक्तालाई उपलब्ध गराएको विद्युतीय सेवाको कारोबारमा लाग्ने मूल्य अभिवृद्धि कर (VAT) र विद्युतीय सेवा कर (DST) करदाताले विदेशी मुद्रामा विदेशबाट नेपालमा दाखिला गर्ने व्यवस्थाको लागि महालेखा नियन्त्रक कार्यालयको नाममा यस बैंकमा अमेरिकी डलर खाता रहेको छ । नेपाल राष्ट्र बैंकको विदेशस्थित Nostro Account मार्फत सो राजस्व खातामा जम्मा हुनेगरी रकम पठाई राजस्व बुझाउन सकिनेछ ।

उक्त कर भुक्तानी गर्दा आकर्षित हुने कानुन, नियम, विधि, प्रक्रिया, नेपाली Fiscal Calendar, Time Zone लगायत भुक्तानीमा लाग्ने Commission/Fees/Bank charges वा यस्तै अन्य खर्च सम्बन्धित विषयको जानकारीको लागि आन्तरिक राजस्व कार्यालयमार्फत बुझ्न सकिनेछ ।