वि.सं. २०१९ र २०२१ मा बनेका ऐनहरुले Cryptocurrency जस्तो नयाँ प्रविधिमा आधारित सिर्जनालाई कसरी सम्बोधन गर्न सक्छ र उक्त ऐनहरुअन्तर्गतको प्रतिबन्ध कत्तिको समय-सान्दर्भिक हुन्छ ?

Cryptocurrency हरुमध्ये सर्वप्रथम Bitcoin सन् २००९ देखि प्रचलनमा आएको देखिन्छ । विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ हालसम्म १० पटक संशोधन भएको छ, जसमध्ये पछिल्लो पटक वि.सं. २०७५/११/१९ (सन् २०१९) मा संशोधन भएको छ । त्यस्तै, विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ हालसम्म दुई पटक संशोधन भएको छ, जसमध्ये पछिल्लो पटक वि.सं. २०७४ वैशाख मसान्त (सन् २०१७) मा संशोधन भएको छ । कतिपय अवस्थामा ऐनमा संशोधन गरिरहन सम्भव नहुने हुँदा तत्तत ऐनहरुअन्तर्गतका नियम, विनियम, निर्देशन, परिपत्र तथा सूचनाबमोजिम उपयुक्त व्यवस्था गर्नेगरी प्रबन्ध गरिएको हुन्छ । सोहीबमोजिम नेपालमा वि.सं. २०७४/०४/२९ देखि Cryptocurrency का सम्बन्धमा प्रतिबन्धात्मक व्यवस्था गरिएको हो ।