Cryptography, Blockchain र Distributed Ledger जस्ता नवीनतम प्रविधिबाट नेपाल र नेपालीलाई बञ्चित गरिएको हो ?

Cryptography, Blockchain र Distributed Ledger जस्ता नवीनतम प्रविधिलाई विभिन्न प्रयोजनमा ल्याउन सकिन्छ । उक्त विभिन्न प्रयोजनमध्ये क्रिप्टोकरेन्सी पनि एक हो । हाल नेपालमा Cryptography, Blockchain र Distributed Ledger प्रविधिलाई नै प्रतिबन्धित गरिएको नभई त्यस्तो प्रविधिको प्रयोग मुद्रा जस्तो कार्य गर्नसक्ने वस्तु (दृश्य वा अदृश्य) बनाउने प्रयोजनका लागि प्रतिबन्धित गरिएको हो । प्रचलित नेपाल कानूनबमोजिम मुद्रा बनाउने एकाधिकार नेपाल राष्ट्र बैंकलाई प्रदान भएको हुँदा राष्ट्र बैंकबाहेक अन्य जो कोहीले र जुनसुकै प्रविधिबाट मुद्रा बनाउने कार्य प्रतिबन्धित रहेको छ । साथै, त्यस्तो मुद्रा बनाउने कार्य जाली/नक्कली मुद्रा बनाएसरह हुन जान्छ ।