के रेगुलेटरी स्यान्डबक्समार्फत परीक्षण गरिएका वित्तीय वस्तु, सेवा वा Solution परीक्षण सकिएपश्चात् वास्तविक ग्राहकलाई प्रदान गर्न स्वतः स्वीकृत मानिन्छन् ?

मानिँदैनन् । रेगुलेटरी स्यान्डबक्समार्फत परीक्षण गरिएको वस्तु, सेवा वा Solution लाई बजारमा पूर्ण रुपमा सञ्चालन गर्न यस बैंकको नियमित अनुमतिपत्र/इजाजतपत्र प्राप्त गर्ने वा वित्तीय वस्तु तथा सेवा सञ्चालन गर्न स्वीकृति लिनुपर्ने प्रावधानबमोजिम स्वीकृति/अनुमति आवश्यक हुन्छ ।