रेगुलेटरी स्यान्डबक्समा को-को सहभागी हुन सक्छन् ?

रेगुलेटरी स्यान्डबक्समा यस बैंकबाट इजाजतपत्र/अनुमतिपत्रप्राप्त बैंक वा वित्तीय संस्थाहरू, भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाहरू (भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवा प्रदायक), रेमिट्यान्स कम्पनीहरू तथा यस बैंकले नियमन र सुपरिवेक्षण गर्न सक्ने वित्तीय वस्तु वा सेवा (Financial Products or Services) प्रवाह गर्ने वा त्यस्ता वस्तु वा सेवाको विस्तारमा सघाउ पुर्‍याउने नयाँ फिनटेक कम्पनीहरू सहभागी हुन सक्नेछन् ।