DiFi-Hub को प्रमुख उद्देश्य के हो ?

DiFi-Hub को प्रमुख उद्देश्य वित्तीय नवप्रवर्तकहरूलाई विद्यमान नीतिगत एवम् नियामकीय व्यवस्थाबारे जानकारी गराउने, वित्तीय नवप्रवर्तकहरूबाट प्राप्त प्रस्तावको विश्लेषण गरी गैर-बन्धनकारी (non-binding) नियामकीय दृष्टिकोण, परामर्श र सुझाव प्रदान गर्ने तथा नियामकसँगको सहज पहुँच विस्तार गरी उत्तरदायी फिनटेक नवप्रवर्तनलाई थप उत्प्रेरित गर्नु रहेको छ ।