DiFi-Hub मा को सहभागी हुन सक्छन् ?
DiFi-Hub मा विद्युतीय वित्तीय सेवासम्बन्धी नवप्रवर्तनको प्रारम्भिक विचार बोकेका व्यक्ति वा संस्थादेखि नवप्रवर्तन विकास गरी बजारीकरण गर्नका लागि नियामकीय प्रष्टता खोजिरहेका संस्थाहरू सहभागी हुन सक्छन् । यस संयन्त्रमार्फत विद्युतीय वित्तीय सेवासम्बन्धी नवीन विचार भएका शिक्षाविद् तथा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूले समेत आवश्यक नियामकीय परामर्श प्राप्त गर्न सक्छन् ।