DiFi-Hub ले मुख्यत: नवप्रवर्तकको नियामकसँग सहज पहुँच विस्तार गरी नवप्रवर्तन र नीति/नियमबीच सामञ्जस्यता कायम गर्ने तथा नियामकीय व्यवस्था सम्बन्धमा नवप्रवर्तकलाई आवश्यक जानकारी प्रवाह गर्ने कार्य गर्दछ । साथै, यस संयन्त्रले वित्तीय नवप्रवर्तकहरूबाट प्राप्त प्रस्ताव विद्यमान नीतिगत एवम् नियामकीय दायरामा पर्ने/नपर्ने सम्बन्धमा विश्लेषण गरी भुक्तानी प्रणाली विभागलाई राय/सुझाव दिने, प्राप्त प्रस्ताव कार्यान्वयनयोग्य रहे/नरहेको सम्बन्धमा उक्त संस्थाहरूलाई गैर-बन्धनकारी परामर्श तथा सुझाव दिने, प्राप्त प्रस्ताव विद्युतीय बैंकिङ तथा भुक्तानी प्रणालीको क्षेत्रमा उपयुक्त रहे/नरहेको सम्बन्धमा भुक्तानी प्रणाली विभागलाई सुझाव दिने र उदीयमान प्रविधि तथा विद्युतीय बैंकिङ प्रणाली सम्बन्धमा पेस हुने प्रस्तावका आधारमा भुक्तानी प्रणाली विभागलाई कानुनी तथा नियामकीय संरचनामा गर्नुपर्ने सुधारबारे सुझाव दिने कार्यसमेत गर्दछ ।
DiFi-Hub ले गर्ने कार्यहरू के-के हुन् ?