के DiFi-Hub मार्फत नवप्रवर्तकहरूले आवश्यक वित्तीय स्रोत साधन समेत प्राप्त गर्न सक्दछन् ?

DiFi-Hub मार्फत नवप्रवर्तकलाई वित्तीय स्रोत साधन प्रदान हुने व्यवस्था छैन । यस संयन्त्रले विद्यमान संरचनाअनुरूप नवप्रवर्तकहरूको नियामकसँगको सहज पहुँच विस्तार गर्दै आवश्यक गैर-बन्धनकारी परामर्शमार्फत नियामकीय व्यवस्थासँग सामञ्जस्य हुनेगरी नवप्रवर्तन विकासमा सघाउ पुर्‍याउने कार्य गर्दछ ।