नेपाल राष्ट्र बैंकले सञ्चालन गरेको रेगुलेटरी स्यान्डबक्स कुन प्रकारको स्यान्डबक्स हो ?

यस बैंकले सञ्चालन गरेको रेगुलेटरी स्यान्डबक्स Cohort मा आधारित स्यान्डबक्स हो । Guidelines on the Regulatory Sandbox अनुसार Cohort भन्नाले कुनै विशेष नवप्रवर्तनको विषय (Innovation Theme) मा आधारित छ महिनाका लागि सञ्चालन गरिने संरचित स्यान्डबक्स चक्र (Structured Sandbox Cycle) हो । यस बैंकले आवश्यकतानुसार वर्षमा निश्चित संख्यामा Cohort का लागि आवेदन आह्वान गर्न सक्छ र आवेदन पेस गर्ने तोकिएको समयावधिमा प्राप्त आवेदनहरूको विस्तृत विश्लेषणपश्चात् स्यान्डबक्सका लागि सहभागी छनोट गरी निश्चित समयावधिका लागि स्यान्डबक्स परीक्षण गर्ने अनुमति प्रदान गर्न सक्छ ।