रेगुलेटरी स्यान्डबक्सको प्रमुख उद्देश्य के हो ?

रेगुलेटरी स्यान्डबक्सको प्रमुख उद्देश्य सुरक्षित र प्रमाणमा आधारित उत्तरदायी नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने, नियामकीय बाधा फुकाउ गरी नवप्रवर्तनलाई समयानुचित बजारमा ल्याउन सहयोग गर्ने, ग्राहक हित संरक्षण सुनिश्चित गर्दै प्रमाणमा आधारित नीति नियम निर्माण गर्ने, प्रतिस्पर्धा विकास गर्ने, बैंक तथा फिनटेकबीच समन्वय विस्तार गर्ने  तथा नयाँ प्रविधिको विकास एवम् विस्तारमा सहयोग पुर्‍याउनु रहेको छ ।